धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा उपचारको क्रममा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक सय पुगेको छ ।

प्रतिष्ठानले दैनिक जारी गर्दै आएको मिडिया अपडेट अनुसार अहिले सम्म वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा उपचारको क्रममा भर्ना भएका १०८६ जना मध्ये ९११ जना निको भएर घर फर्किएका छन् भने १ सय जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा. आशिष् श्रेष्ठका अनुसार कोरोना सङ्क्रमण भएर भर्ना भएका मध्ये ९२ जनाको डाइलसिस गरिदैछ । अहिले सम्म बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोरोना परीक्षण गर्ने प्रयोगशालामा ६७,३१८ वटा स्वाबको नमुनाको परीक्षण भएको छ । जस मध्ये ६,८०७ जनाको कोरोना पोजेटिभ र ५९,५४८ जनाको रिपोर्ट नेगेटिभ आएको प्रतिष्ठानले जनाएको छ ।

यसै गरी बीपीको हेल्प डेस्कमा ७७२२ र फिवर क्लिनिकमा १४५४ जनाको स्वाब लिइएर परीक्षण भएको छ ।
त्यसै गरी पछिल्लो समयमा आएर बीपीको कोभिड अस्पतालमा पनि सुधार भएको प्रतिष्ठानका सह प्रवक्ता डा। आशिष् श्रेष्ठले बताए ।