धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा फेरि धनकुटा र सुनसरीका दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा. आशिष् श्रेष्ठले दिएको जानकारी अनुसार धनकुटाको साबिक भेडेटार ८ निवासी ७२ वर्षीय पुरुष, र सुनसरीको वराहक्षेत्र नगरपालिका ३ का ४४ वर्षीय महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।

धनकुटाका सङ्क्रमितको आज बिहान साढे १० बजे र बराहक्षेत्रकी सङ्क्रमितको आज बिहान ९ : १५ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।