धरान : उदयपुर प्रहरीले नगद सहित ९ जनालाई जुवा खेली रहेको अवस्थामा पक्राउ गरेको छ ।

जुवा खेली रहेको भन्ने विशेष सूचनाको आधारमा आज बिहान जुवा खेलिरहेका ९ जुवाडेहरूलाई नगद सहित पक्राउ गरेको हो ।

उदयपुरका प्रहरी प्रमुख भीम दाहालका अनुसार उनीहरूका साथबाट नगद २ लाख ४७ हजार एक सय १७ रुपैयाँ पनि बरामद भएको छ ।

पक्राउ पर्नेमा उदयपुर ११ का ४९ वर्षीय प्रेम भट्टराई,४० वर्षीय मन्दिप राई, ४० वर्षीय राजन कुमार राउत, उदयपुर १० का २० वर्षीय ईश्वर खड्का, उदयपुर १२ का ४५वर्षीय बल बहादुर कार्की, उदयपुर १ का ४० वर्षीय नवीन राई, उदयपुर ८ का ४२ वर्षीय पुरुषोत्तम कार्की, उदयपुर ११ का ४१ वर्षीय मेख बहादुर राई, उदयपुर ३ का २९ वर्षीय सुनिल चौधरी रहेका छन् ।

तास खेली रहेको खालबाट १ बुङ तास, १७ थान मोबाइल, ६ थान कौडा, चाबी, सुनको सिक्री २ थान ,सुनको औँठी ३ थान ,कृषि विकास बैङ्कको १ लाखको चेक, नबिल बैङ्कको २ लाख दस हजारको चेक बरामद गरिएको दाहालले बताए ।

पक्राउ गरिएकाहरुकोे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।