धरान : यात्रुवाहक सवारीसाधनमा भौतिक दुरी पालना गरी सिटमा एक जना मात्र राख्ने भने पनि भानुचोकका गाडी चालकहरूले यो नियमलाई पालना गरेका छैनन् ।

धरान–इटहरी रुटमा गाडी चलाउने एक चालकले भने “सिटमा एक्लै बस्न पाइन्छ । तर, दुवै सिटको पैसा तिर्नु पर्छ अनि मात्र पाइन्छ ।“ एक महिलालाले भन्दै थिइन् म दुवै सिटको पैसा तिर्छु अन्य कसैलाई नराखी दिनु । यसर्थ सिटमा एक्लै बस्न नियमले हैन पैसाले पाइन्छ । साथी भएकाहरू दुवै जना एउटै सिटमा बसेका थिए । साथी नभएकाहरू एक्लै बसिरहेका थिए ।

सार्वजनिक सवारीमा अनिवार्य मास्क लगाउनुपर्ने, स्यानिटाइजर लगाउनुपर्ने स्वास्थ्य प्रोटोकलमा भनिएको छ । यसबारेमा सार्वजनिक सवारीका कर्मचारीलाई सोध्दा कसैले हरायो भने त कसैले सकियो भने । यसले गर्दा पछिल्लो समय सर्वाजानिक सवारी साधनमा अत्यन्तै कोरोना सङ्क्रमण जोखिम बढेको छ । सार्वजनिक सवारी साधनमा स्वास्थ्य मापदण्ड अलिकति पनि पालना गरेको देखिँदैन ।

धरानबाट इटहरी, तरहरा, झापा र विराटनगर जाने यात्रुवाहक बसहरूमा यात्रुहरू साँझपख कोचाकोच गरेर सार्वजनिक यातायातहरूले बोक्न थालेका छन् । बसको सिटमा मात्र हैन सिट नभएको लहरमा पनि यात्रुहरू उभिएर यात्रा गरिरहेका छन् ।

एक सहचालकले भने, एक दुई वटा गाडीमा स्वास्थ्य मापदण्ड पालना गरेर के गर्नु रु सबैले गर्दैनन् । फेरी चेक पनि त हुँदैन । यस्तै छ सबैलाई स्वास्थ्य हैन पैसा चाहिएको छ ।

अधिकांश यात्रुवाहक सवारीसाधनमा स्यानिटाइजर राख्ने गरिएको भनिए पनि धरानको भानुचौकमा पटक्कै पाइएन । १ नं प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन कुमार तिम्सिनाले भने ‘तिहार आए सँगै सवारी साधन बढ्ने क्रम जारी छ, पूर्वगत अवस्थामा फर्किएको अवस्था छ ।

स्वास्थ्य मापदण्डहरूको अनुगमन यात्रुवाहक सवारी साधनमा ट्राफिक प्रहरीले नै गर्ने हो । स्यानिटाइजर डस्बिन , चालकको पोसाक, मास्क अनिवार्य हो । उनले भने आफै यात्रुवाहक सवारीसाधनमा गाडी चेक गरी नै राखेको छु यात्रुहरू धेरै छैनन् नि ।

आएका सुझावलाई अनुगमन गरी कहीँ कतै कमीकमजोरी भएको रहेछ भने निर्देशन जारी कार्यान्वयन तर्फ लाग्ने तिम्सिनाको भनाइ छ ।

Yatayat Yatayat-1