धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा फेरि अर्को कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा. आशिष् श्रेष्ठका अनुसार झापाका ७० वर्षीय वृद्ध पुरुषको मृत्यु भएको हो । कार्तिक २८ गते कोरोना संक्रमित भएका वृद्धको कार्तिक २९ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए ।

उनको उपचारको क्रममा आइतबार ४ : २५ बजे मृत्यु भएको हो । यो सँगै प्रतिष्ठानको कोभिड अस्पतालमा आइतबार मात्रै ४ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।