धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा उपचाररत सुनसरीको बराहक्षेत्र र तेह्रथुमका २ जनाको मृत्यु भएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा. आशिष् श्रेष्ठका अनुसार बराहक्षेत्र नगर पालिका वडानं. ८ की ३८ वर्षीय महिला र तेह्रथुमकी २० वर्षीय युवतीको मृत्यु भएको हो ।

बराहक्षेत्रकी संक्रमित महिलाको सोमबार बिहान १० : ४५ बजे र तेह्रथुमकी संक्रमित युवतीको सोमबार बिहान १ बजेर ५ मिनेटमा मृत्यु भएको हो ।