धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित बृद्धा महिलाको मृत्यु भएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा. आशिष् श्रेष्ठले दिएको जानकारी अनुसार मोरङको मिक्लाजुङ निवासी ७५ वर्षीय बृद्धा महिलाको उपचारको क्रममा हिजो राति ७ : २० बजे मृत्यु भएको हो ।

यो सँगै प्रतिष्ठानमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या अहिले सम्म १०६ पुगेको छ ।