धरान : पूर्व-पश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारी नगरपालिका-४ बेतनामा मोटरसाइकल एक आपसमा ठोक्कीएर दुर्घट्ना हुँदा एकजनाको मृत्यु भएको छ।

सोमबार साँझ ७ बजे मोटरसाइकल नं १-०२-०४२ प ४२१६ न.को र को ३९ प ३८०१ नं. को मोटरसाइकल एक आपसमा ठक्करखाई दुर्घट्ना भएको थियो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङको बेलबारी नगरपालिका-७ का ३७ वर्षीय नविन पौडेल रहेका छन्।
टाउकोमा गहिरो चोट लागेर गम्भीर घाइते भएका पौडेलको विराटनगर स्थित न्युरो हस्पिटलमा सोमबार राति उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

१-०२-०४२ प ४२१६ नं. को मोटरसाइकल चालक धरान-१७ का वर्षीय २० को नबिन राई सोही मोटरसाइकल पछाडी सवार धरान १७ कै २१ वर्षीय को प्रमोद राईको टाउकोमा र हात खुट्टामा सामान्य चोट लागेकाले उपचारको लागी धरानको विपि प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।