पथरी : तत्कालीन पथरी गाविसका पूर्व अध्यक्ष तिलक बान्तवा राईको कोरोना सङ्क्रमणबाट निधन भएको छ ।

कोरोना सङ्क्रमण देखिए पछि १ हप्ता अघिबाट उपचारका क्रममा विराट मेडिकल अस्पताल विराटनगरमा रहेका उनको आज बिहान निधन भएको हो ।

प्रजातन्त्र स्थापना पछिको पहिलो स्थानीय निकायको निर्वाचनमा राई नेकपा एमालेबाट गाविस अध्यक्षमा निर्वाचित भएका थिए । पथरी बजारलाई ब्यवस्थीत बनाउन उनको निक्कै ठुलो भूमिका थियो ।

उनी पथरीकै मनकामना साकोसका संस्थापक अध्यक्ष समेत हुन । पछिल्लो समय विभिन्न व्यावसायिक कम्पनीमा आबद्ध राईका २ छोरा र ४ छोरी रहेका छन् ।