धरान : धरानमा आज थप फेरि १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताका अनुसार एन्फा क्वारेनटाइन र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेल्प डेस्कमा लिइएको स्वाबको नमुना मध्येबाट १६ जनाको पोजेटिभ रिपोर्ट आएको हो ।

यो सँगै कोरोना सङ्क्रमितको सङ्ख्या धरान उपमहानगरपालिकामा ३३४६ पुगेको छ ।