धरान : धरान-१५ को दीपेन्द्र बस्तीमा आगलागी भएको छ ।

धरान-१५ दीपेन्द्र बस्तीका रुद्रप्रसाद काफ्लेको घरमा आगलागी भएको प्रहरीले जनाएको छ । धरानका २ दमकल प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको छ।

आगलागीबाट क्षतिको विवरण भने आएको छैन। विद्युत सट भएर आगलागी भएको हुन सक्ने आसङ्का गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले बताए ।

यस भन्दा अघि धरानको एक वर्कसपमा आगलागी भएको थियो । वर्कसपमा फोहोर जलाउनेक्रममा आगलागी भएको बताईएको छ।