विराटनगर : प्रदेश १ मा आज ३६२ जना कोरोना संक्रमित थपिएका छन् ।

झापामा १२५, सुनसरीमा ११४, मोरङमा ८५, इलाममा ११ , सङ्खुवासभामा ३, पाँचथर, तेह्रथुम र उदयपुरमा २–२, धनकुटा, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका १५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको गौरादह, बिर्तामोड र दमकमा २६-२६, कनकाईमा ९, बुद्धशान्तिमा ७, अर्जुनधारामा ६, शिवसताक्षी र भद्रपुरमा ५-५, कचनकवल र मेचीनगरमा ४-४, हाल्दिबारी र कमल गाउँपालिकामा २, बाह्रदशीमा १ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ । सुनसरीको इटहरी र धरानमा ४९–४९, इनरुवा र बराहक्षेत्रमा ४-४, दुहबीमा ३, रामधुनी, बर्जू, देवानगञ्ज, कोशी गाउँपालिका र स्थानीय तह नखुलेकामा १-१, मोरङको विराटनगरमा ५१, सुन्दरहरैचामा ९, पथरीशनिश्चरेमा ६, बेलबारीमा ५, बुढीगंगामा ३, सुनबर्षी, रतुवामाई र उर्लाबारीमा २-२, धनपालथान, कटहरी, रंगेली, जहदा र लेटाङमा १-१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता इलामको माईजोगमाईमा ५, चुलाचुलीमा ३, इलाम नगरपालिकामा २ र सुर्योदयमा १, सङ्खुवासभाको खाँदबारी, सभापोखरी र धर्मदेवीमा १–१, पाँचथरको हिलिहाङ र मिक्लाजुङमा १–१, तेह्रथुमको छथर र म्याङलुङमा १-१, उदयपुरको त्रियुगा र स्थानीय तह नखुलेका १-१, धनकुटामा १, भोजपुरको अरुणमा १, खोटाङमा १ र प्रदेश १ बाहिरका १५ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २५ हजार ८८० पुगेको छ ।

प्रदेश १ मा आज १६१ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १५६, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ३, विराट मेडिकल कलेज र न्युरो अस्पतालबाट १-१ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २१ हजार १५१ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ३६१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १५९ महिला र २०३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ८५ हजार ७६० जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।