धरान  : धरानमा दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

धरान उपमहानगरपालिकाका मेयर तिलक राईका स्वकीय सचिव राजुमान श्रेष्ठले दिएको जानकारी अनुसार हिजो धरान १० का ४८ वर्षीय पुरुषको बीपीको कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । उनको हिजो नै शव व्यवस्थापन गरिएको बताइएको छ ।

यसै गरी विराटनगरको नोबेल अस्पतालमा धरान-१७ कि कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ । ५५ वर्षीय महिलाको कोरोना सङ्क्रमणको कारण मृत्यु भएको धरान-१७ का वडाध्यक्ष मनोज भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार हिजो बेलुका साँझ सात बजे महिलाको  मृत्यु भएको हो।

शव व्यवस्थापन समितिका समन्वयनकर्ता राजुमान श्रेष्ठका अनुसार मृतकको शवलाई स्वास्थ्य मापदण्ड अनुसार धरानमा ल्याउने तयारी भइरहेको छ।