धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको गए राति मृत्यु भएको छ ।

प्रतिष्ठानको सूचना केन्द्रले दिएको जानकारी अनुसार सप्तरीको राजविराज-४ का ५० वर्षीय पुरुषको उपचारको क्रममा गए राति १२:१५ बजे मृत्यु भएको हो ।

उनलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि मङ्सिर १ गते कोभिड अस्पतालमा भर्ना गरिएको प्रतिष्ठानले जनाएको छ ।