धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड-१९ अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमित वृद्धको मृत्यु भएको छ ।

प्रतिष्ठानको सूचना केन्द्रले दिएको जानकारी अनुसार मोरङको बेलबारीका ७६ वर्षीय कोरोना संक्रमित वृद्धको गए राति साढे ९ बजे उपचारको क्रममा मृत्यु भएको हो ।

कोभिड अस्पतालमा मङ्सिर २ गते भर्ना भएका मृतकलाई ३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनलाई मधुमेह र उच्च रक्तचापको समस्या रहेको बताइएको छ ।