धरान : मोरङको मिक्लाजुङ गाउँपालिका १ मा अवैध चिरान काठ सहित ५ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ३६ वर्षीय ईलाख राई (सह-चालक), १६ वर्षीय तगिन राई, १८ वर्षीय दुम्से राई,१९ वर्षीय सबिन राई, १६ वर्षीय विशाल राई रहेका छन् । पक्राउ परेका सबै मिक्लाजुङ १ सुँगुरे बस्नेहरू हुन् ।

सुके स्थित छेडी सामुदायिक वनदेखी उत्तरबाट दक्षिणतर्फ को १ त ८५५९ नम्बरको ट्याक्टरमा अवैध रूपमा लोड गरी ल्याएका विभिन्न जातको चिरान काठहरूलाई इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

ट्याक्टर र ट्याक्टरमा लोड भएको चिरान काठ सहित पक्राउ परेका मानिसहरुलार्ई आवश्यक कारवाहीको लागि सव डिभिजन वन कार्यालय मधुमल्लामा बुझाउने कार्य भई रहेको उर्लाबारी प्रहरीले जानकारी दिएको छ ।