धरान : धरान उपमहानगरपालिकामा आज थप १७ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै धरानमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ३४९० पुगेको छ ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताका अनुसार एन्फा क्वारेनटाइनमा लिइएको स्वाब र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको हेल्प डेस्कमा लिइएको स्वाबको नमुना मध्येबाट १७ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।