धरान : मोरङको सुनबर्सी ५ झुँगी चोकबाट हतियार सहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही स्थानका ४१ वर्षीय राजकुमार मण्डल रहेका छन् । विशेष सुराकका आधारमा इलाका प्रहरी कार्यालय रँगेलिबाट खटिएको प्रहरी टोलीले मण्डललाई शुक्रवार दिउसो सवा १२ बजे नियन्त्रणमा लिएको थियो ।

नियन्त्रण पश्चात् उनी उपर चेक जाँच गर्दा कम्मरमा लुकाई छिपाई राखिएको अवस्थामा एक थान कटुवा पेस्तोल, दुई राउन्ड गोली र नगद १९ हजार ३ सय २५ रुपैयाँ समेत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

उनीमाथि थप अनुसन्धान तथा इलाका प्रहरी कार्यालय रँगेलिबाट कानुनी कारबाही अगाडी बढाइएको छ ।