झापा : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा विशाल जनप्रदर्शन गरेको छ ।

राजसंस्था पुनःस्थापना र सङ्घीयता खारेजीको माग गर्दै राप्रपाले शक्ति प्रदर्शन गरेको हो । झापाको काँकडभिट्टाबाट बिर्तामोड सम्म १० औँ हजारको सहभागितामा राप्रपा नेपालले राजसंस्था पुनः स्थापना र सङ्घीयता खारेजीको माग गर्दै प्रदर्शन गरेको छ ।

पूर्वी नाका काँकडभिट्टाबाट सुरु भएको र्‍याली बिर्तामोडमा आएर कोणसभामा परिणत भएको थियो । कोण सभालाई सम्बोधन गर्दै राप्रपाका पूर्व महामन्त्री तथा सङ्घीय सांसद राजेन्द्र लिङदेनले राजसंस्था अहिले अपरिहार्य भएको बताए । उनले सङ्घीयता खारेजीको माग समेत गरे ।

राप्रपाका जिल्ला अध्यक्ष अम्बर बिस्टको सभापतित्वमा भएको र्‍यालीको उद्घाटन पार्टीका पूर्व महामन्त्री तथा राप्रपा सांसद राजेन्द्र लिङ्देन् राप्रपाका केन्द्रीय सचिवालय सदस्य भक्ति सिटौला लगायतका केन्द्रीय र जिल्ला तहका नेताहरूले संयुक्त रूपमा गरेको पार्टीका केन्द्रीय कार्य सम्पादन समितिका सदस्य लक्ष्मी प्रसाद सङ्ग्रौलाले जानकारी दिए ।
२४० वर्ष लामो राजतन्त्र नेपालबाट हटेको १२ वर्षपछि देशभरनै राजतन्त्रको पक्षमा शक्ति प्रदर्शन गरिँदै आएको छ ।

Raprapa-2