धरान : एक नम्बर प्रदेश अन्तर्गत तराईका तिन जिल्लाहरूको अन्तर जिल्ला सुरक्षा समन्वय बैठक विराटनगरमा सम्पन्न भएको छ ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा सम्पन्न कार्यक्रममा झापा, मोरङ र सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका जिल्ला प्रमुखहरूको उपस्थिति रहेको थियो ।

वर्तमान सुरक्षा अवस्था, सीमा अपराध, भन्सार चोरी निकासी लगायत विविध विषयहरूमा सहभागीहरू बिच अन्तरक्रियात्मक छलफल भएको थियो । उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारीहरू, १ नं. प्रदेश प्रहरी प्रमुख, सशस्त्र प्रहरी बल १ नं. बराह बाहिनीका निमित्त प्रमुख तथा सङ्घीय प्रहरी इकाई कार्यालय धरानका प्रमुखले आ आफ्नो धारणा राखेका थिए ।

बैठकले सीमा सुरक्षालाई व्यवस्थित तथा प्रभावकारी बनाउने, अन्तर जिल्ला सुरक्षालाई प्रभावकारी बनाई समन्वयात्मक ढङ्गले अगाडी बढ्ने र सीमा क्षेत्रहरुमा हुने गैर कानुनी क्रियाकलापहरूलाई तिन वटै जिल्लाहरूको समन्वयमा प्रभावकारी रूपमा नियन्त्रण गर्ने निर्णय गरेको छ ।