झापा : झापाको सिबसताक्षी ८ स्थित राजमार्गमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शिबसताक्षी ११ का ३२ वर्षीय रमेश विष्ट रहेका छन् । गए राती सवा ९ बजे को २ प ६९७० नम्बरको मोटर साइकलले पैदल हिँडिरहेका बिस्टलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते भएका बिस्टको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा गए राती पौने १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

ठक्कर दिने मोटरसाइकल र चालक शिबसताक्षी ७ बस्ने सन्तोष बेघा नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।