धरान : हेटौडा जेसिजको आयोजनामा हिजो सम्पन्न भएको साइक्लिङ प्रतियोगितामा धरानकी इन्द्रकला नेम्बाङ (निक्की) दोस्रो भएकी छिन् ।

मकवानपुरको हेटौडामा आयोजित पहिलो हेटौडा अप हिल वुमन साइक्लिङ च्यालेञ्जमा प्रतियोगिता ८ किलोमिटर दुरीको भएको थियो । नेपालमामहिलाहरुको मात्र सहभागी भएको यो पहिलो साइक्लिङ प्रतियोगिता हो ।

प्रतियोगितामा प्युठानकी हुमी बुढामगर प्रथम भएकी थिइन् । उनले निर्धारित दुरी ४८ः४० मिनेटमा पुरा गरेकी थिइन् ।

दोस्रो भएकी निक्कीले निर्धारित दुरी ५१ः४५ मिनेटमा पुरा गरेकी थिइन् । प्रथम खेलाडीले नगद १८ हजार, दोस्रोले १२ हजार र तेस्रो हुने खेलाडीले ६ हजार नगद साथै मेडल हात पारेका छन् । प्रतियोगितामा विभिन्न जिल्लाका १४ जना महिलाहरू सहभागी थिए ।