विराटनगर : भारतिय बजार जोगबनीबाट अवैध रुपमा भन्सार छलि गरी ल्याएका लत्ता कपडा, किचनका आईटम तथा खाधान्न सामाग्रीहरु प्रहरीले बरामद गरेको छ ।

मोरङको विराटनगर १६ दरैया नहर स्थितबाट अवैध रुपमा भन्सार छलि गरी ल्याएका उक्त सामानहरु बरामद भएको प्रहरीले जनाएको छ ।

बिशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी गस्ती टोलीले शनिवार बेलुका साढे ६ बजे करिव ९५ हजार २ सय ५० रुपैया बराबरको विभिन्न ब्राण्डका लत्ता कपडा तथा अन्य सामानहरु बरामद गरेको थियो ।

बरामद गरिएको सामानहरु भन्सार कार्यालय रानीमा बुझाउने तर्फ आवश्यक कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।