धरान : पाँचथरको हिलिहाङ गाउँपालिका-६ का आईन्द्र हाङसरुम्बाको ३ वर्षीय छोरा सोही गाउँपालिकाको कार्तिके भिरको ओडारमा मृत फेला परेका छन् ।

आफ्नै घर वरिपरि खेल्ने क्रममा यही कार्तिक ३० गते देखि अचानक हराइरहेका बालकको खोजतलास भइरहेकोमा आइतबार उक्त ओडारमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट अनुसन्धान अधिकृत सहितको टोली खटी गई कानुनी प्रक्रिया पुरा गरी शव परीक्षणको लागी जिल्ला अस्पताल पाँचथर पठाएको छ भने अन्य थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।