धरान : सेवक अभियान धरानले विजयपुर स्थित पञ्चकन्या मन्दिर परिसरमा सरसफाइ कार्यक्रम गरेको छ ।

पञ्चकन्या मन्दिर परिसरमा पूजा गर्ने आउने तथा जंगलक्षेत्रमा बनभोज आउनेहरूले जथाभाबी प्लास्टिकजन्य फोहोरमैला फाल्ने गरेकाले सरसफाइ गरिएको संस्थाका अध्यक्ष राजीव हलुवाईले जानकारी दिए।

सेवक अभियानले पदयात्रा संगसगैं सरसफाइ अभियान सञ्चालन गरेको आज ९ हप्ता पुगेको छ । यस संस्थाले महिनाको प्रत्येक पहिलो सोमबार धरानका आसपासका क्षेत्रका धार्मिक तथा सार्वजनीक महत्त्वकास्थानहरूमा स्थानीय सँग सहकार्य गरेर सरसफाइ गर्दै आएको छ ।

आजको सरसफाइ कार्यक्रममा राष्ट्रिय सरसफाइ अभियन्ता नवराज मास्के तथा नेपाल फोहोर मैला व्यवस्थापन सङ्घका वरिष्ठ उपाध्यक्ष राम कुमार घिमिरेको समेत उपस्थित रहेको थियो ।

मानव तथा हरेक प्राणी वातावरण प्रेमी नै हुन्छ । वातावरणमा मानिसले जथाभाबी फालेका प्लास्टिकजन्य तथा सिसाजन्य फोहोरले गर्दा खुट्टा काट्ने तथा जनावरले खानेकुरा खोज्दा प्लास्टिक निलेर मृत्यु हुने गरेको बताउँदै ठाँउठाउँमा डस्बिन राखेर फोहोर हुन नदिने अवस्था सृजना गर्नुपर्ने सरसफाइ अभियन्ता मास्केको भनाई छ ।

'फोहोर आफैमा फोहोर नभएर मोहोर हो' मानिसहरूले फोहोरको वर्गीकरण गरी दिगो व्यवसाय गरेर पैसा र आम्दानीको बाटो समेत बनाएको उनले बताए ।

sewak-sarasafai-2