धरान : दुई वर्ष देखि क्यान्सर पीडित बनेका सीता शेर्पाको उपचारको लागि आर्थिक सहयोग जुट्न थालेको छ । उनलाई आज विभिन्न सामाजिक संस्थाहरूले आर्थिक सहयोग गरेका छन् ।

आज होप धरानको कार्यालयमा सीता राई उपचार सहयोग समिति धरानले आयोजना गरेको पत्रकार सम्मेलनमा नायिका रेखा लिम्बुले नगद २० हजार दिएर राईलाई सहयोग गरेकी छिन् ।

बिर्तामोड डाइगोनेष्टिक सेन्टर प्रा ली का डाइरेक्टर नरेन्द्र देवले ५१ हजार बराबरको औषधी सहयोग गर्ने घोषण गरेका छन् । अपाङ्ग पुनर्स्थापना केन्द्र तथा अशाय सेवा केन्द्रले ३० हजार बराबरको औषधी खर्चे गर्ने घोषणा गरेको छ । 

उक्त पत्रकार सम्मेलनमा लायन्स क्लब अफ क्यालीवर धरानले १० हजार, लोक लक्ष्मी स्मृती प्रतिष्ठान १० हजार, प्राइम लाइभ इन्सुरेन्स एजेन्सी गुप्रले १० हजार , लायन्स क्लब अफ हेल्दी नेसन धरानले ५ हजार , राइड फर राइडस धरानले १० हजार , ब्रदर हुड धरानले १० हजार , युकेमा बसोबास गर्ने दिपा राई र गोपाल राईले १० हजार महिला सञ्जाल धरानबाट १० हजार , महिला सञ्जाल धरानकी चेतना सेरेङ र उनकी छोरी निम्बा सेरेङबाट १० हजार सहयोग गरेका छन् ।

पाँचथर जिल्ला हिलिहाङ गाउँपालिकामा बस्ने ३९ वर्षीय सीता विगत दुई वर्ष देखि नाकमा सानो मासु पलाएको तर,उपचारमा ढिलासुस्ती भएको कारण सामान्य पिनास बिग्रेर क्यान्सर भएको बिरामीका श्रीमान् पासाङ शेर्पाले जनकारी दिए ।

बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा मेडिसिन वार्डमा भर्ना भएकी सीताले अस्पतालको बेडबाट नै सबै संस्थाहरूलाई मनकारी मनहरूलाइ सहयोगको याचना गरेकी छिन् । प्रतिष्ठानका डाक्टरहरूले सेर्पाको घाउ ज्यादै ठुलो भएकाले प्रोसेसिङ र थेरापी गराएर घाउको साइज सानो बनाएर तिन तहमा उपचार हुने जानकारी दिएका छन् ।

बैङ्क खाता दुई जनाको संयुक्त नाममा लक्ष्मी बैङ्क धरानमा ०२३२००७५१७३ खाता नं मा पनि बिरामी सीतालाई सहयोग रकम जम्मा गर्न सकिने बताइएको छ ।