धरान : आफ्नै अनुयायीलाई बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्ण बहादुर गिरी रिहा भएका छन् ।
सोमबार जिल्ला अदालत सुनसरीले उनलाई रिहा गरेका हुन् ।

सुनसरी जिल्लाको एक नम्बर न्यायाधीश अर्जुन कोइरालाको एकल इजलासले उनलाई सफाइ दिएको हो ।

पुर्पक्षकालागी झुम्का कारागारमा रहेका कृष्ण बहादुर गिरी केही समय पछि रिहाइ हुने भएका हुन ।