धरान : सिंगापुर पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा धरानको बुद्ध चोकका जनोज लामिछाने भनेर चिनिने विशाल दर्जी काठमाडौँबाट पक्राउ परेका छन ।

उनलाई महानगरीय अपराध महाशाखाको टोलीले त्रिभुवन विमानस्थलबाट सोमबार पक्राउ गरेको हो ।

सिंगापुर पठाइदिन्छु भन्दै तीन लाख एकतिस हजार नौ सय रुपैयाँ लिएर ठगी गरेको भन्दै रमिला श्रेष्ठले महानगरीय अपराध महाशाखामा दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

जनोज लामिछाने भनेर चिनिने २७ वर्षीय विशाल दर्जी धरानको स्थायीबासी रहेको र हाल  काठमाडौँ सिनामंगल क्षेत्रमा बसोबास रहेको प्रहरीले जानकारी दिएको छ ।