धरान : धरान उपमहानगरपालिकामा सोमबार साँझ २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यो सँगै धरान उपमहानगरपालिकामा मात्रै कोरोना सङ्क्रमितको कुल सङ्ख्या ३५१४ पुगेको छ ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले दिएको जानकारी अनुसार आइतबार एन्फा क्वारेनटाइनमा १८ जना र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेल्प डेस्कमा लिइएको स्वाबको नमुना मध्येबाट २४ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।

धरानमा मात्रै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७६ पुगेको छ ।