धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा. चूडामणि पोखरेलका अनुसार लक्ष्मीपुर ३ सप्तरी निवासी ४२ वर्षीय पुरुषको उपचारको क्रममा गए राति उपचारको क्रममा कोभिड अस्पतालमा मृत्यु भएको हो ।

मृतकलाई मङ्सिर १९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने २० गते कोभिड अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । मृतकको शव व्यवस्थापन नियम अनुसार भइरहेको प्रतिष्ठानले जनाएको छ ।