धरान : उदयपुरमा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा १ जना पक्राउ परेका छन् ।

उदयपुरका प्रहरी प्रमुख भीम बहादुर दाहालका अनुसार पक्राउ पर्नेमा बेलका नगरपालिका ९ बस्ने ६३ वर्षीय सूर्य पोखरेल रहेका छन् ।

इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । सूर्यले ती बालिकालाई सोही ठाउँको सिटी हलमा जबरजस्ती करणी गरेको पीडितको जाहेरीमा उल्लेख छ । घटनामा थप अनुसन्धान भइरहेको दाहालले जानकारी दिए ।