धरान : धरान जेसिजको सप्ताहव्यापी कार्यक्रम सुरु भएको छ ।

धरान विग फुटसलमा एन्फाका मानार्थ उपाध्यक्ष, अखिल नेपाल फुटबल सङ्घ १ नम्बर प्रदेशको अध्यक्ष किशोर राईले धरानबिच फुटसलमा सप्ताहको उद्घाटन गरे । एक दिने जेसीज भर्सेस बैंकर्सको मैत्रीपूर्ण फुटबल प्रतियोगिता समेत सम्पन्न भएको छ ।

आयोजकलाई बैंकर्सले १०–८ गोल अन्तरले पराजित गरेको छ । विजेता टिमलाई शिल्ड मेडल र प्रमाणपत्र वितरण गरिएको छ । पहिलो दिनको कार्यक्रम संयोजक जेसी ऋषिराम भट्टराई तथा मूल संयोजक जेसी दिनेश तामाङ रहेका थिए ।

एक साता सम्म चल्ने सप्ताहमा समुदायमा आधारित सातवटा कार्यक्रमहरू सुरु गरिएको धरान जेसीजका अध्यक्ष दीपेन्द्र निरौलाले बताए । यस्तै मङ्सिर २४ गते धरानको मुख्य प्रवेशद्वार तीनकुनेमा प्रवेश गर्ने गाडी तथा अन्य सवारी साधनलाई मास्क, स्यानिटाइजर, फेस सिल्ड, साबुन लगायत सामग्री वितरण गरिन बताइएको छ ।

सप्ताहव्यापी कार्यक्रम अन्तरगत मङ्सिर २५, २६, २७, २८, २९ मा क्रमशः रोड क्विज कार्यक्रम, बालबालिकालाई न्यानो कपडा वितरण, तालिम उत्सव कार्यक्रम, कुलमान घिसिङसँग डिजिटल कार्यक्रम र जेसीज चौतारी कार्यक्रम गरिने निरौलाले जानकारी दिएका छन् ।

Jesic