धरान : मोरङ र सुनसरीका विभिन्न स्थानबाट नियन्त्रित लागु औषध सहित ५ जना पक्राउ परेका छन् ।

मंलवार दिउँसो इलाका प्रहरी कार्यालय रङगेलीबाट खटिएको प्रहरी टोलीले २ जनालाई तथा इलाका प्रहरी कार्यालय इँटहरिबाट खटिएको प्रहरी टोलीले ३ जनालाई लागु औषध सहित पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय रङगेलीबाट खटिएको प्रहरी टोलीले रङगेली बसपार्कबाट मङ्गलवार दिउँसो साँढे ३ बजे सुनवर्सी नगरपालिका ९ का २४ वर्षीय कुन्दन सहनी र १९ वर्षीय आदर्श दासलाई लागु औषध नाईट्राभेट १ हजार २ सय ट्याब्लेट सहित पक्राउ गरेको हो ।

यसै गरी इलाका प्रहरी कार्यालय इँटहरिबाट खटिएको प्रहरी टोलीले इटहरी ९ बाट भारतीय नागरिक ओम प्रकाश यादवलाई ट्रामाडोल हाइड्रोक्लोराईड ८ हजार क्याप्सुल, नाईट्राभेट १० लेखिएको लागु औषध १ हजार ६ सय ६० क्याप्सुल र १०० एमलको टेलनकोफ ३० वोतल सहित पक्राउ गरेको हो ।

यस्तै इटहरी १३ खनारबाट मोरङको जहदा गाउँपालिका ४ का ३७ वर्षीय उमेश कुमार मण्डललाई ट्रामाडोल ३६० क्याप्सुल र स्पासपेन १८८ ट्याब्लेट लागु औषध सहित पक्राउ गरेको हो ।

यस्तै इटहरी ८ का १९ वर्षीय सनम बस्नेतलाई इटहरी ६ बाट लागु औषध ट्रामाडोल हाइड्रोक्लोराईड ४५०० क्याप्सुल सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।