धरान : धरान उपमहानगरपालिका संस्थागत तथा सामुदायिक विद्यालयहरु बिहिबार देखि खुल्ने भएका छन् ।

निजी विद्यालय सञ्चालक, अभिभावकहरुसँग छलफल गरेको उपमहागनरपालिकाले बिहिबार देखि मापदण्ड तथा स्वास्थ्य प्रोटोकल पुरा गरेका विद्यालयहरु सञ्चालन गर्ने निर्णय गरेको छ ।

नगर प्रमुख स्तरीय निर्णयबाट नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले “विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा २०७७” मिति २०७७ कार्तिक २० गते मन्त्रीस्तरबाट स्वीकृत भइ विश्व स्वास्थ्य संगठन, स्वास्थ्य तथा जनसख्या मन्त्रालयबाट जारी गरिएको कोभिड-१९ सम्बन्धी स्वास्थ्य मापदण्डको पुर्ण रूपमा परिपालना गरी सम्बन्धित बिद्यालयले धरान उपमहानगरपालिकामा पेस गरेको विद्यालय संचालन प्रस्ताव अनुसार विहिबार देखि विद्यालय खुल्ने भएका हुन् ।

धरान उपमहानगरपालिकाद्वारा कक्षागत अभिभावक भेला गराई कोभिड-१९, को संक्रमण तथा विद्यार्थीहरूको स्वास्थ्य सुरक्षाका सम्वन्धमा छलफल तथा सचेतिकरण गराउने र प्राप्त राय सुझाबको आधारलाई समेत मनन गरी विद्यालय सञ्चालन गर्ने गराउने निर्णय भएको छ ।

यसैगरी सम्बन्धित वडाका जनप्रतिनिधिहरु संग विद्यालय सञ्चालनका बारेमा समन्वय गर्ने गराउने, विद्यालयको भौतिक अवस्थालाई मध्यनजर गरी एक बेन्चमा बढीमा २ दुई जना र एक कोठामा बढीमा २५, जनासम्म मात्र बिद्यार्थी बस्ने व्यवस्था मिलाउने निर्णय भएको छ ।

यस्तै पठनपाठन संचालन गर्नुपुर्व दैनिक रुपमा कक्षाकोठालाई सेनिटाइज गर्नुपर्ने, विद्यालय प्रवेश गर्नु अगाडि विद्यालयको प्रवेशद्वारमा शिक्षक कर्मचारी तथा विद्यार्थीहरुको दैनिक रुपमा तापक्रम मापन गरेर मात्र विद्यालय हाताभित्र प्रवेश गराईनुपर्ने, अनिवार्य रुपमा स्यानिटाइजर अथवा साबून पानीले हात धुने व्यवस्था मिलाउनुपर्ने, खाजा समयलाई सकेसम्म छोट्याउनु पर्ने, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूले अनिवार्य रूपमा मास्कको प्रयोग गर्नुपर्ने, “विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा-२०७७” को पूर्ण रूपमा परिपालना गर्नुपर्ने निर्णय भएको छ ।

संस्थागत विद्यालयहरुले लिने शुल्कको सम्वन्धमा भने विद्यालय सञ्चालक तथा अभिभावकहरुका बीचमा आपसी तथा सहमतीमा मासिक शुल्क तथा बार्षिक शुल्क कायम गर्नुपर्ने, सहमती तथा समदारी नभएको खण्डमा गत शैक्षिक सत्रमा कायम भएको मासिक शुल्क तथा वार्षिक शुल्कको आधारमा गर्ने निर्णय गर्नुपर्ने पनि धरान उपमहानगरपालिकाले निर्णय गरेको छ ।

Nagarpalika-nirnaya-1

Nagarpalika-nirnaya-2Nagarpalika-nirnaya-3