पथरी : मोरङको रङ्गेली-७ बसपार्कबाट बुधवार लागुऔषध सहित २ युवक पक्राऊ परेका छन् ।

इलाका प्रहरी कार्यालय रंगेलीले १ हजार २ सय ३० थान प्रतिबन्धित लागुऔषध नाईट्राभेट सहित सुनवर्षी नगरपालिका-९ बस्ने २४ वर्षीय कुन्दन सहनी र १९ वर्षीय आदर्श दास लाई पक्राऊ गरेको हो ।

सुराकीको आधारमा प्रहरीले रङ्गेली बसपार्क एरियामा शङ्कास्पद गतिविधि देखाएका उनीहरू सवार को ३३ प २०६२ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा सो परिमाणमा लागुऔषध फेला परेको प्रहरी निरीक्षक अनमोल खड्काले जानकारी दिए।

प्रहरीले उनीहरूलाई लागुऔषध ओसारपसार अन्तर्गत मुद्दा चलाउने तयारी गरिरहेको छ।