धरान : धरान उपमहानगरपालिकामा थप २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले दिएको जानकारी अनुसार यो सँगै धरानमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ३५३६ पुगेको छ ।

थपिएकाहरूको बारेमा धरान उपमहानगरपालिकालाई हिजो राति रिपोर्ट आएको बताइएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेल्प डेस्क र धरान उपमहानगरपालिकाले लिएको स्वाबको नमुना मध्येबाट २२ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।