विराटनगर : मोरङको विराटनगर महानगरपालिका ७ जलजला चोक नजिकबाट ३३ लाख भन्दा बढीको अवैध रूपमा भण्डारण गरिएको लत्ता कपडा बरामद भएको छ ।

भन्सार छली चोरी पैठारी गरी ल्याएर भण्डारण गरिएको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले स्थानीय व्यापारी तरुण कुमार रौनियारको गोदामबाट आज दिउँसो सो मूल्य बराबरको लत्ता कपडा बरामद गरेको हो ।

बरामद भएको लत्ता कपडा आवश्यक कारबाहीको लागी भन्सार कार्यालय रानी बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।