धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड-१९ अस्पतालमा उपचाररत एक जना वृद्ध पुरुषको मृत्यु भएको छ ।

प्रतिष्ठानको सहप्रबक्ता डा. चूडामणि पोखरेलका अनुसार सङ्खुवासभाको सभापोखरी १ सङ्खुवासभाका ७५ वर्षीय वृद्ध पुरुषको बिहीबार मध्यान्ह १२ बजे उपचारको क्रममा मृत्यु भएको हो ।

उनलाई मङ्सिर १० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने सोही दिन नै कोभिड अस्पतालमा उपचारका लागि भर्ना भएका थिए ।