झापा : राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व महामन्त्री तथा झापा क्षेत्र नं। ३ का सांसद राजेन्द्र लिङ्देन गम्भीर बिरामी परेका छन् । 

निमोनिया भएर गम्भीर बिरामी परेपछि उनलाई हिजो नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौँ लगिएको छ ।
उनलाई उपचारका लागि बिर्तामोड स्थित बिएन्डसी अस्पतालको आइसियुमा भर्ना गरिएको थियो । अस्पतालले लिङ्देनलाई निमोनिया भएको पुष्टि गर्दै शरीरमा अक्सिजनको मात्रा पनि निकै घटेको जानकारी दिएको थियो ।

राप्रपाका झापा जिल्ला अध्यक्ष अमर बिष्टले सांसद लिङ्देनलाई थप उपचारका लागि काठमाण्डौको मेडासिटी अस्पतालमा लगिएको र अहिले उनको अवस्था सामान्य हुदैं गएको लिङ्देनको परिवारलाई उद्धित गर्दै झापा कपुरी सहकर्मीलाई बताएका छन् ।  उनको साथमा पत्नी सीता थापा, स्वकीय सचिव र छोरा अस्पतालमै रहेका छन् । 

सांसद लिङ्देनलाई फोक्सोमा समस्या आई निमोनिया भएको बताइएको छ । केही दिन अघि कोरोना परीक्षण गरिएकोमा उनमा कोरोना नेगेटिभ रिपोर्ट आएको थियो भने उनको पछिल्लो बिरामीको लक्षण कोरोनासँग मिल्दोजुल्दो देखिएको बताइएको छ ।