पथरी : मोरङको रंगेली आमगाछीकी ललिता नुनियालाई हिउँद सुरु भए सँगै गोठको गोवर जम्मा गरेर वस्नु पर्ने बाध्यता छ । नुनियाले गोवर मलका लागी खेतमा हाल्न भने सङ्कलन गरेकी होइनन् । उनले गोवर सुकाएर गुइँठा बनाएर दाउराका लागी बाल्न सङ्कलन गरेकी हुन् ।

आमगाछी कि नुनिया जस्तै त्यस क्षेत्रका गृहिणीको दिनचर्या हो गोठ वाट गोवर सङ्कलन गरेर गुइँठा दाउरा बनाउने । बनाएका दाउरा सुकाएर खाना बनाउन प्रयोग गरिने स्थानीयवासी बताउँछन् । दक्षिणी मोरङका अधिकांश बासिन्दा गोवर सङ्कलन गर्ने र बाँसको झिक्रा अथवा सुन्टीमा गोवर दलेर दाउरा बनाउने गर्दछन् ।

मोरङको उत्तरी क्षेत्रमा घना जङ्गल भए पनि दक्षिणी मोरङमा भने दाउराकै लागी गोवर प्रयोग गर्नु पर्ने बाध्यता वनेको छ । दाउराकै अभावमा गोवरलाई मलका रूपमा नभई दाउरा बनाएर खाना पकाउनु पर्ने बाध्यता रहेको स्थानीय परमेश्वर नुनियाले बताए ।

गोबर मल खाना बनाउन प्रयोग गर्नु पर्ने भएपछि यस क्षेत्रका किसानले रशायनिक मलको प्रयोगमा जोड दिँदै आएका छन् । जसले खेतको उत्पादनमा ह्रास आएको कृषि विज्ञहरू बताउँछन् । स्वास्थ्यकर्मीका अनुसार दाउराका रूपमा गोवर प्रयोग गर्नु स्वास्थ्यका लागी पनि हानिकारक छ । जसले भान्सामा काम गर्नेलाई श्वासप्रश्वास,दम र अन्य फोक्सो सम्बन्धी रोग लाग्ने उनीहरू बताउँछन् ।

प्राङगारिक मलका रूपमा प्रयोग हुने गोवरलाई गुइँठा बनाएर दाउराका रूपमा प्रयोग गर्नु भन्दा वैकल्पिक साधन प्रयोग गरेर खाना बनाउन विज्ञहरूको सुझाव छ । मोरङका दक्षिणी भेगका स्थानियवासीन्दालाई वन पैदावारको हकदार बनाउन सामुदायिक वनले प्रयास थाले पनि सरकारी नैतिकै कारण समस्या आएको सामुदायिक वन उपभोक्ता समिति प्रदेश नम्बर १ का सचिव अग्नि पौडेल बताउँछन् ।

Gutha-2

सामुदायिक वनको क्षेत्र बाहिर रहेका जनतालाई समेट्न साझेदारी वन गठन गरे पनि साझेदारी वनमा सरकारी नीति कै कारण दाउराका रूपमा भएका वन पैदावार समेत बिक्री वितरण गर्न सकिएको छैन । गरिवका पहुँचमा वन पैदावार नहुँदा समेत गोवरकै दाउरा बाल्न स्थानीयवासी बाध्य भएका छन् ।

सरकारी नीति अनुसार वन पैदावार डाक बढाबढमा विक्री हुने र यसरी विक्री भएको वन पैदावार पहुँचवालाले नै लिने हुँदा समेत समस्या भएको वन सरोकारवाला बताउँछन् । खेतमा प्रयोग गर्नु पर्ने गोवर मल दाउराका रूपमा प्रयोग हुँदा खेतमा मलको अभाव भएको छ भने स्वास्थ्य सम्बन्धी समस्या समेत मानिसमा देखिन थालेको छ ।

Gutha-3