धरान : झापाको अर्जुनधारा नगरपालिका १ सालवारिमा भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ ।

बिहीबार राती १० बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ११ प ६२५२ नम्बरको मोटर साइकलले बाटो छेउमा बसिरहेका स्थानीय ३३ वर्षीय ललित चौधरीलाई ठक्कर दिँदा घाइते भएका चौधरीको उपचारको क्रममा राती पौने ११ बजे बिर्तामोडको बि.एन्ड.सी. अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।