पथरी : मोरङको कानेपोखरी-भाउन्ने सडक खण्डमा ट्रीपर र जन्ती बोकेको बस एक आपसमा ठोक्किँदा ७ जना घाइते भएका छन् ।

पूर्व बाट पश्चिम आउँदै गरेको ट्रीपर र पश्चिम बाट जन्ति लिएर पूर्व जाँदै गरेको बस एक आपसमा ठोक्किँदा सो दुर्घटना भएको हो । पूर्वबाट पश्चिम जाँदै गरेको को २१ प ९२०३ नम्बरको स्कुटरलाई बचाउन खोज्दा, ना ७ ख ४४ ट्रीपर र प्र १-००१ ख ८१११ नम्बरको बस जुधेका हुन ।

घाइते हुने बसमा सबार जन्ती रहेका छन् । स्कुटर चालक समेत घाइते भएका छन् । बसको अगाडि बसेका अधिकांश जन्ती घाइते भएका छन् । घाइतेहरुमा पाँचथर कुम्मायक बस्ने तटबहादुर घिमिरे सोही ठाउँका राम बहादुर कार्की, झापा कमल गाउँपालिकाका  चित बहादुर बोहोरा लाई उपचारका लागि दमक आम्दा अस्पतालमा पठाइएको बेलबारी प्रहरीले जनाएको छ ।

बस चालक राजन बास्तोलाको बेलबारीमा सामान्य उपचार पछि डिस्चार्ज गरिएको छ भने स्कुटर चालक बेलबारीका सुवास राईलाई उपचारका लागि बेलबारीकै नोबेल अस्पतालमा पठाइएको ।