विराटनगर : प्रदेश १ मा आज ७७ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरङमा २८, झापामा २२, सुनसरीमा १४, सङ्खुवासभामा ३, धनकुटामा २, खोटाङ, इलाम र ओखलढुङ्गामा १–१ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा १५, रतुवामाईमा ५, कानेपोखरीमा २, रंगेली, कटहरी, बेलबारी, सुन्दरहरैचा, ग्रामथान र पथरीशनिश्चरेमा १–१, झापाको मेचीनगर र बिर्तामोडमा ५–५, गौरादहमा ४, अर्जुनधारा, शिवसताक्षी र दमकमा २–२, बुद्धशान्ति र भद्रपुरमा १–१, सुनसरीको इटहरीमा ७, धरानमा ६, इनरुवामा १, सङ्खुवासभाको खाँदबारीमा २, धर्मदेवीमा १, धनकुटामा २, खोटाङको दिप्रुङ चुईचुम्मामा १, इलाममा १ र ओखलढुङ्गाको चिशंखुगढीमा १ र प्रदेश १ बाहिरका ५ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २८ हजार ७५४ पुगेको छ । प्रदेश १ मा ८६ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ८१ र विराट मेडिकल कलेजबाट ५ जना रहेका छन् । हालसम्म डिस्चार्ज हुनेका सङ्ख्या २३ हजार ५३७ पुगेको छ ।

प्रदेश १ मा आज ५५७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये महिला २६ र ५१ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ९९ हजार ७१६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।