धरान :: तेह्रथुमको छथर गाउँपालिका वडा नम्बर ६ मा प्लास्टिकको पोखरीमा डुबेर ३ जना बालिकाहरूको मृत्यु भएको छ ।

शनिवार दिउसो पोखरीमा पौडी खेल्ने क्रममा स्थानीय एकै परिवारका २ जना कोपिला लिम्बुकी ६ वर्षीय र ७ वर्षीय छोरी सँगै देवेन्द्र लिम्बुको ८ वर्षीय छोरीको ज्यान गएको वडा अध्यक्ष टेकराज लिम्बुले जानकारी दिए ।

दिउसो पौडी खेल्न भनी हिँडेका बालिकाहरू बेलुकी अबेर सम्म घर नफर्किए पछि खोज्ने क्रममा पोखरीमा डुबेको अवस्थामा फेला परेको अभिभावकहरूको भनाई उद्धृत गर्दै स्थानीयले बताएका छन् ।