विराटनगर : प्रदेश १ मा आज ६७ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

मोरङमा ३१, झापामा १८, सुनसरीमा ५, तेहथुम, ताप्लेजुङ र उदयपुरमा २-२, सङ्खुवासभा र भोजपुरमा १-१ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा १६, बेलबारीमा १२, सुन्दरहरैचामा २ र रतुवामाईमा १, झापाको बिर्तामोडमा ६, दमकमा ४, गौरादहमा ३, शिवसताक्षीमा २, गौरीगञ्ज, मेचीनगर र कमल गाउँपालिकामा १-१, इटहरीमा २, इनरुवा, रामधुनी र बर्जूमा १-१, तेहथुमको लालीगुराँसमा २, ताप्लेजुङको फुङलिङमा २, उदयपुरको त्रियुगामा २, सङ्खुवासभाको खाँदबारी र भोजपुरमा १-१ र प्रदेश १ बाहिरका ५ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २८ हजार ८७९ पुगेको छ । 

प्रदेश १ मा आज ५९ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सबै होम आईसोलेसनका रहेका छन् । प्रदेश १ मा आज ४६० जनाको पीसीआर परीक्षण गरिएको छ ।

परीक्षण गरिएका मध्ये ३७ महिला र ३० पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ६ सय ३८ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।