धरान : धरानमा सम्पन्न दोस्रो 'मिस स्टेट १' विजेता बनेकी रजनी तुम्सा लिम्बूले आफ्नो जन्मदिन बाल आश्रममा मनाएकी छिन्।

उनले १५ वर्ष पुगेको अवसरमा धरान-३ मा रहेको सरस्वती बाल आश्रममा बालबालिकाहरू सँग मनाएकी हुन्

उनले केक काटेर र साँझको खाना समेत खुवाएर बालबालिका सँग जन्मदिन मनाएकी हुन्।

हाल आश्रममा ३० जना बालबालिका रहेका छन्।

रजनीले भनिन 'मलाई रेस्टुरेन्टमा होटेलमा भन्दा पनि जन्मदिन समाजसेवी गरेर बालबालिका अनाथ असहाय सँग मनाउँदा अत्यन्त खुसी लाग्छ।'

उनले यसअघि पनि सडक मानवहरू सँग जन्मदिन मनाएकी थिइन्।