पथरी : प्रथम टेन्सवर्ग पथरी शनिश्चरे प्रिमियर लिग फुटबलमा आजको खेलमा दि रियल ब्रदर र वाइ.जि.एफ.टी.ले अंक बाँडेका छन् ।

खेलको ११ औँ मिनेटमा दि रियल ब्रोदरका सुजन खत्रीले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । खेलको ८१ औँ मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै वाइ।जि।एफ।टी।ले गोल गर्न सफल भयो । डिबक्स एरियामा फल गरेपछि वाइ.जि.एफ.टी.का निमन लिम्बूले गोललाई जाली चुमाएका हुन् ।

खेल अवधिभर दुवै टिमले उत्कृष्ट प्रदर्शन गरेका थिए । खेलको दोस्रो हाफमा रक्षात्मक खेलेको रियल ब्रोदरले अग्रता जोगाउन सकेन । बराबरी खेलेपछि दुवै टिमले १-१ अंक बाँडेका छन् ।

प्रस्तावित पथरी रङ्गशालामा आयोजित प्रथम प्रिमियर लिगको आजको खेलको सोनालिका म्यान अफ दी म्याच वाइ.जि.एफ.टी.का खेलाडी सञ्जय लिम्बू घोषित भए । लिग कम नकआउट शैलीमा मोफसलको पहिलो खेलाडी लिलाम बिक्रीबाट खेल आयोजना गरिएको हो ।

सोमबारको खेल हिमाअस हाइवे र हेरिका न्यूस्टार बिच हुने आयोजक कमिटीले जनाएको छ । प्रतियोगिताको विजेताले नगद १ लाख ७५ हजार र उप विजेताले नगद ७५ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।