धरान : सुनसरीको कोशी गाउँपालिकामा जङ्गली हात्तीको आक्रमणबाट आज बिहान एक जनाको मृत्यु भएको छ । 

कोशी गाउँपालिका ६ सुकुम्वासी टोल बस्ने ३२ वर्षीय प्रमोद यादवको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज बिहान साढे ५ बजे आफ्नै गँहुबारीमा पानी लगाउन जाने क्रममा यादवलाई एक्कासि जङ्गली हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।