धरान : झापाको मेचीनगर नगरपालिका-७ बाट हिजो बेलुका लागुऔषध सहित ३ जना पक्राउ परेका छन् ।

उक्त स्थानमा पैदल हिँडिरहेका सुन्दरहरैचा नगरपालिका-४ का १९ वर्षीय सौरभ बस्नेत, उर्लाबारी नगरपालिका-९ का ३० वर्षीय चन्द्र गुरुङ र इलामका २३ वर्षीय समर तामाङलाई चेक जाँच गर्ने क्रममा उनीहरूको साथबाट लागु औषध डाईजोपाम ६ एम्पुल, लुपिजेसिक ६ एम्पुल र फेनारागन ६ एम्पुल बरामद भएको थियो ।

लागुऔषध सहित पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।