बेलबारी : बेलबारी नगरपालिकाले सहुलियतपूर्ण कर्जाको सहकार्यका लागि राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड सँग सम्झौता गरेको छ ।

बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुबेदी र बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । युवाहरूलाई अफनै नगरमा स्वरोजगार बनाउने उद्देश्यले नगरपालिकाले युवाहरुलाई नगरपालिका आफै बिना धितो सहुलियतपूर्ण कर्जा दिने गरी कार्यक्रम अगाडि बढाइएको छ ।

नगरपालिकाले सहुलियत पुर्ण कर्जाका लागि कार्यविधिनै बनाएको थियो । नगरपालिका आफै ग्यारेन्टी ९धितो० गरेपछि ५ लाख सम्म सहुलियत पुर्ण कर्जा दिने छ । जसका लागि २ प्रतिशत ब्याजदर कर्जा लिन समुह फर्मले ले बैकलाई बुझाउनु पर्ने छन् भने थप ब्याज नगरपालिकाले बैकलाई आफै बुझाउने छ ।

सुहलियतपुर्ण कर्जा लिनका लागि ५–५ जनाको समूहलाई बिनियोजन गरीने नगर प्रमुख सुवेदीले बताए ।
समुहको व्यवस्थापन, समुहरुलाई सहजिकरण, अनुगमन तथा कार्यान्वयन गर्नका लागि नगरपालिकाले छुटै कर्मचारीहरूको समेत व्यवस्थापन गरिसकेको नगरपालिकाको कार्यालयले जनाएको छ । कर्मचारीहरूले समूह हरूलाई सहजीकरण गर्ने छन् ।

सम्झौता पत्रमा हस्ताक्षर गर्दै बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बेलबारी नगरपालिकाको कामको प्रशंसा गरेका छन् ।उनले अन्य स्थानियतहरुले समेत बेलबारीबाट केहि सिक्नु पर्ने बताए । नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले सहुलियतपूर्ण कर्जाले नगरबासीको आर्थिक, सामाजिक तथा सांस्कृतिक पक्षको आधारभूत रूपमा विकास गर्न सघाउ पुग्ने धारणा गरे ।

यो कार्यक्रम प्रदेश १ मा नयाँ तथा पहिलो कार्यक्रम भएको नगरपालिकाले दाबी गरेको छ । यो कार्यक्रमले विदेश जाने उमेर समूहका युवाहरुलाई प्रत्यक्ष फाइदा पुग्ने विश्वास गरिएको छ ।